Logo

१६ जेठ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाइएको जानकारी दिँदै राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने दाबी पनि गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले तीन करोडको मापदण्डलाई कार्यान्वयन गर्ने काम गरेको पनि बताउनुभयो । विकासका असीमित आकाङ्क्षा, सीमित स्रोत र बजेट पनि सीमित सीमामा बसेर ल्याउनुपर्ने भएकाले ३ करोडको मापदण्डलाई कार्यान्वयन गरी बजेट ल्याएको पौडेलको भनाई थियो ।

उहाँले २५ करोड भन्दा बढीका आयोजना अनुगमन र प्रभावकारी आयोजनाको लागि राष्ट्रिय विकास बोर्डको प्रबन्ध गरिएको बताउनुभयो । अनुदानको लागतको अधिकतम सीमा निर्धारण गर्न बजेटले ५० प्रतिशतको सीमा निर्धारण गरिएको छ । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी समेत गर्नुभयो ।


सम्बन्धित समाचार