
१६ जेठ, काठमाडौं । सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्षदेखि लागु हुने गरी हटाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागुहुनेगरी आर्थिक विधेयक २०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् । कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण सरकारले वैदेशिक पर्यटन निरुत्साहित गर्न विदेश भ्रमणमा जाने नेपालीका लागि ५ प्रतिशत शुल्क उठाएको थियो ।
सरकारले विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न आयात निरुत्साहितदेखि वैदेशिक भ्रमणमा कडाइ गरेको थियो । तर, पछिल्लो समय १४ महिनाभन्दा धेरैको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति भए पनि सरकारले उक्त व्यवस्था हटाएको हो । सरकारले २०८० साल देखि लगाउँदै आएको यस्तो शुल्क २ वर्षपछि खारेज गरेको हो ।