Logo

२१ जेठ, काठमाडौँ । सङ्घीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ। आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुनेछ।

सङ्घीय संसद सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्नेछ। यस बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि सदनमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

यसैगरी, प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। राष्ट्रियसभामा पनि अर्थमन्त्री पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार