Logo

२१ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि सारिएको छ। सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बस्न नसकेको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन्। यता, सत्तापक्ष पनि गृहमन्त्रीलाई पहिले सदनमा बोल्न दिनुपर्ने आफ्नो पुरानै अडानबाट पछि हटेको छैन, जसका कारण सदनमा गतिरोध कायम छ।

सहमति नजुटेपछि सभामुख देवराज घिमिरे बैठक अघि बढाउने वा अर्को मितिका लागि सार्ने भन्ने निर्णय लिन आन्तरिक छलफलमा जुटेका थिए। सत्तापक्षले गृहमन्त्रीलाई बोल्न दिएपछि मात्र बाँकी विषयमा छलफल गरिने बताउँदै आएको छ। तर, सत्तापक्ष यो अडानबाट पछि नहटेपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागमा विपक्षी पनि अडिएका छन्।


सम्बन्धित समाचार