Logo

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका प्रमुख व्यक्तिहरूमा तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त लगायत छन्। यसैगरी, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, र तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ।

मुद्दा दायर गरिएका अन्य अधिकारीहरूमा तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशी, तत्कालीन कानुन उपसचिवहरू कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ, तत्कालीन उपसचिव राजाराम थापा, तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की, तत्कालीन मालपोत अधिकृतहरू प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, र नायब सुब्बा विनोद कोइराला लगायतका अधिकारीहरू रहेका छन्।

यो मुद्दा नेपालको इतिहासमा कुनै पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्को निर्णयमाथि नै भ्रष्टाचारको आरोपमा दायर गरिएको पहिलो घटना हो।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् निर्णयमाथि अख्तियारको धावा स् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख बिगो मागदाबी


सम्बन्धित समाचार