
२४ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन्। वर्तमान उपमहासचिव रहेका ओलीको नाममा शीर्ष तहमा सहमति जुटेपछि उनी सर्वसम्मत अध्यक्ष बनेका हुन्।
त्यस्तै, संगठनको महासचिवमा गणेश शाही चयन भएका छन्।
आइतबारदेखि सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनमा सहमति नजुट्दा पटकपटक निर्वाचन कार्यतालिका परिवर्तन गरिएको थियो। अन्ततः शीर्ष नेतृत्वको पहलमा सर्वसम्मत नेतृत्व चयन भएको हो।