Logo

२५ जेठ,झापा। झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जना सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ सानो केर्खास्थित निर्माणाधीन एसियन हाईवेमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको कानेपोखरी गाउँपालिका–४ घर भएका तथा इलाम सशस्त्र प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरणलाल राजवंशीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार, बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले बताए ।


सम्बन्धित समाचार