
२५ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरले संसद्को गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल थालेका छन् ।
सभामुख घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग अहिले छलफल गरिरहेका छन् । सभामुख घिमिरेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल सुरु गरेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
सत्ता पक्ष समिति गठनको लागि तयार छैनन् । सोही कारण संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू छन् ।