Logo

२५ जेठ, काठमाडौं ।संसद् भवनस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। गृहमन्त्री विरुद्धको भिजिट भिसा प्रकरणमा उनीहरूको साझा असन्तुष्टि कायमै रहेको छ भने सोही विषयमा दबाब दिन विपक्षी दलहरूले लामो समयदेखि संसद् बैठक अवरोध गर्दै आएका छन्।

विपक्षीहरू गृहमन्त्रीको राजीनामाको मागमा अडिग रहेका छन्। यता सभामुख देवराज घिमिरेले संसद् सञ्चालनका लागि निरन्तर पहल गरिरहेका छन्। तर, बारम्बारको प्रयासका बाबजुद संसद् बैठक सहज रूपमा सञ्चालनमा आउन सकेको छैन।

आज दिउँसो १ बजेका लागि सभामुखले बोलाएको बैठकलाई लक्षित गर्दै दलहरूबीच छलफल तीव्र भएको हो। शीर्ष नेताहरूबीच संसद् अवरोध हटाउने उपायबारे छलफल चलिरहेको स्रोतले जनाएका छन्।

 

 


सम्बन्धित समाचार