Logo

फाईल फोटो

२६ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन् ।

आज बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त ढंगले उत्रिनुपर्ने उत्रनुपर्ने बताएका हुन् ।

जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भैरहेको अध्यक्ष प्रचण्डको भनाई छ । प्रचण्डले विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमलाई आवश्यक क्षमताको केन्द्रिकरण भएको उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार