
२६ जेठ, काठमाडौँ । सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केही दिनदेखि अवरुद्ध भएको प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजेदेखि सञ्चालनमा आउने बताएका हुन् । बजेटको महत्त्वपूर्ण कार्यसूचीमा छलफल गर्न लागेको अवस्थामा बैठक अवरुद्ध भएकाले अब छलफलमा भाग लिने सांसद सङ्ख्या घटाइने एवं विधि पु¥याएर छलफल गरिने सभामुखले बताएका छन् ।
सभामुख घिमिरले बजेटमाथिको छलफल समयभित्र सक्नका लागि त्यहीअनुसार कार्यसूची समेत तयार गरिने बताएका छन् ।