Logo

२६ जेठ, काठमाडौं । मुम्बईमा ट्रेनबाट करिब १० जना यात्रु खसेका छन् ।

आज बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका हुन् । दुर्घटनामा १ जनाको मृत्यु भएको ९ यात्रु जना घाइते भएको ठाणे महानगरपालिकाले जानकारी दिएको छ ।

कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट बिहान करिब ९ः२० बजे यात्रु खसेका हुन् । मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन् । सबै घाइतेलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले बताएका छन् ।


सम्बन्धित समाचार