Logo

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयअन्तर्गत अध्यागमन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखी खटनपटन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

अख्तियारले त्यसको जानकारी गराउँदै प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ २१ गते यी दुई मन्त्रालयलाई पत्र पठाउँदै दरबन्दीभन्दा बढी कर्मचारी नराख्न र दरबन्दीअनुरूपको कर्मचारीहरू सात दिनभित्र पदस्थापन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवम् गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि यसबारे चासो राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा बढी कर्मचारी राखिएको, आवश्यक ठाउँमा दरबन्दी रिक्त राखी सेवा प्रवाहमा दख्खल पु¥याएको भन्दै अख्तियारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै कारबाहीको चेतावनीसहितको पत्र पठाएको हो ।


सम्बन्धित समाचार