Logo

२६ जेठ,ठोरी । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी आज (सोमबार) ठोरी गाउँपालिकाको भ्रमणमा आएकी छिन्। उहाँलाई ठोरी गाउँपालिका कार्यालयमा भव्य स्वागत तथा अभिनन्दन गरिएको थियो।

गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा लगायत पालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले प्रदेश प्रमुख भण्डारीलाई स्वागत गरेको थियो।

स्वागतपछि प्रदेश प्रमुख भण्डारीले ठोरीका विभिन्न चर्चित पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरिन्। उहाँले ठोरी–१ को सिङ्गेडाँडा, ठोरी–२ को गोले डाँडा, र सिता गुफा लगायतका स्थानहरूको भ्रमण गरिन्। सो अवसरमा ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रदेश प्रमुख भण्डारीलाई ठोरीका पर्यटकीय स्थलहरूको बारेमा जानकारी गराएका थिए।


सम्बन्धित समाचार