
२७ जेठ, काठमाडौं । नेपालले विदेशमा घुम्न र अध्ययनको लागि मात्रै १ खर्ब ८५ अर्ब रुपैंया खर्च गरेको पाइएको छ ।
नेपालले चालू आर्थिक वर्षको १० महिनामा विदेशी पर्यटक भित्रिँदा ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गर्दा नेपालीबाट विदेशमा १ खर्ब ८५ अर्ब बाहिरिएको हो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत नेपाली विदेश भम्रणमा जाँदा १७ दशमलव ९ प्रतिशतले वृद्धि भई १ खर्ब ८५ अर्ब ३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब १२ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४ अर्ब २५ करोड रहेको थियो । वैशाखसम्म खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा थियो ।
विदेशी नेपाल भित्रिदा गत आर्थिक वर्षको यो अवधिमा ६९ अर्ब ७३ करोड आम्दानी भएको थियो । यो पटक ८ दशमलव ६ प्रतिशतले वृद्धि भई पौने ७६ करोड रुपैयाँ पुगेको छ ।