
२७ जेठ, काठमाडौं । बैशाख महिनामा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
२०८२ वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो हालसम्मकै उच्च हो । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । चालु आर्थिक वर्षको दश महिनामा मुलुकमा रेमिट्यान्सम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ ।
यो पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३ दशमलव ९ प्रतिशतले बढी हो । गत वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५ हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३ सय १४ रहेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ७३ हजार ३ सय ७ र २ लाख ३६ हजार ३ सय ९८ रहेको थियो ।