
२७ जेठ, काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।
टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । उनीहरु भारतीय नागरिक रहेका छन् । उनीहरुको पूरा परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । ब्यूरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले विभिन्न ठाउँबाट चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् । चार जनामध्ये दुई जनालाई गोली हानेरै नियन्त्रणमा लिइएको हो ।
गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरिएको छ ।