Logo

२८ जेठ,चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको ’पूजा’ नामकी पोथी गैंडालाई सदर चिडियाखाना, जावलाखेल पठाएको छ। वन तथा वातावरण मन्त्रालयको दुईवटा गैंडा ल्याउने निर्णय अनुसार करिब ३० महिनाकी पूजालाई बुधबार चिडियाखाना ल्याइएको हो। यसअघि केही दिनअघि २३ महिनाको भाले गैंडा ’माइला’लाई पनि सदर चिडियाखाना ल्याइएको थियो।

पूजालाई २०७९ कात्तिक १० गते बाघको आक्रमणबाट घाइते भएपछि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो।

जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैंडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैंडामध्ये दुई वटा सौराहा, दुई वटा कोशी र अब दुई वटालाई चिडियाखानामा ल्याइएको जानकारी दिए।

पूजालाई माइलासँगै ल्याउने तयारी गरिए पनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए। यससँगै अब सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ।


सम्बन्धित समाचार