Logo

असार, १ काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०) ले प्रतिनिधि सभा बैठकमा विरोध प्रदर्शन जारी राखेका छन् ।

बैठक सुरु हुनेबित्तिकै राप्रपा र रास्वपाका सांसदहरू आ(आफ्नो स्थानबाट उठेका थिए र सभामुखको आग्रहलाई नमान्दै विरोध जारी राखेका थिए । तर, सभामुख देवराज घिमिरेले उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै संसद बैठक सञ्चालन गरेका छन् । त्यसपछि, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्न सुरु गरेलगत्तै रास्वपाका सांसदहरू वेलअगाडि आएर नाराबाजी गर्न थालेका थिए । राप्रपाका सांसदहरू भने आ–आफ्नो स्थानमा उभिएका थिए ।

सामान्यतया, एक जना सांसदले पनि विरोध जनाउँदा वा उभिएर प्रदर्शन गर्दा संसद बैठक सञ्चालन नगर्ने प्रचलन भए तापनि सभामुख घिमिरेले आज कार्यसूची अनुसार नै बैठक अघि बढाएका छन् । उनले कांग्रेसका घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेललाई बोल्न समय दिएका थिए ।

पौडेलपछि रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिइए पनि उनले बोलेनन् । विपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन् ।


सम्बन्धित समाचार