Logo

६ असार, काठमाडौं । आगामी फागुनमा राष्ट्रिय सभाका १९ जना सांसदको कार्यकाल सकिँदैछ । जसमध्ये १८ पदका लागि निर्वाचन हुने भएको छ। सरकार राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ।

निर्वाचनको तयारी र आयोगसँगको परामर्श

निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटेर आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा परामर्श गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई यस विषयमा जानकारी गराएका हुन्। राष्ट्रपतिबाट मनोनीत एक सांसद ९बामदेव गौतम० को कार्यकाल सकिएपछि राष्ट्रपतिले अर्को सदस्य मनोनीत गर्नेछिन्। आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन् ।

राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै 

१८ पदमा निर्वाचन हुनेजसमा एमालेका ८ जना सांसद रहेका छन् । एमालेबाट इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट, सुमित्रा बीसी रहेका छन् । यसैगरी,
नेकपा माओवादी केन्द्रबाट ७ जना सांसदको पद रिक्त हुँदैछ ।

गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर,नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद (शेखरकुमार सिंह) र मनोनित सांसद बामदेव गौतमको पद रिक्त हुँदैछ ।
यसका साथै, निर्वाचन आयोगले रुपन्देही–३ र मनाङ १ ९२० मा कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने तयारी पनि गरिरहेको छ।


सम्बन्धित समाचार
भर्खरै