Logo

६ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस वर्ष अझ ठूलो स्केलको विपद् आउन सक्ने मौसमविद्हरूको अनुमान रहेको भन्दै पूर्वतयारीमा जुट्न सबै सरोकारवालालाई आग्रह गरेका छन्।

विपद् आउनुअघि नै तयारीमा नजुट्दा ठूलो क्षति व्यहोर्नुपर्ने विगतको अनुभवबाट पाठ सिक्न उनले जोड दिए। शुक्रबार राजधानीमा आयोजित ुनेपालमा विपद्को अवस्था, समस्या र समाधानु विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले सरकार, गैरसरकारी संस्था, राजनीतिक दल, भातृ संगठन, र अन्य सबै संघसंस्थाहरूलाई विपद्को तयारीमा सक्रिय हुन आह्वान गरे। उनले विपद्को तयारी नपुग्दा ठूलो क्षति हुने ुपरिस्थितिको अन्त्यका निम्तिु आवश्यक ऐन, कानुन र अन्य तयारी गर्नुपर्नेमा जोड दिए।

प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत राख्न पहल
प्रचण्डले विपद् जोखिम न्यूनीकरणमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले थप पहल लिनुपर्ने बताएका छन्। विज्ञहरूको सुझाव अनुसार प्राधिकरणलाई प्रधानमन्त्रीको कार्यालयअन्तर्गत राख्नुपर्ने विषयमा उनले गम्भीरता व्यक्त गर्दै आजै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरे। उनले पार्टीका सबै तह र भातृ संगठनहरूलाई स्वयंसेवक तयार गरी जोखिम न्यूनीकरण र व्यवस्थापनमा भूमिका खेल्न पनि विश्वास व्यक्त गरे।

 


सम्बन्धित समाचार