
७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै यी दुई दलले सदन चल्न दिएनन्।
बैठकको सुरुवातमै बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले आफूहरूले उठाएको यति ठूलो मुद्दा सरकारले बेवास्ता गरेको भन्दै आक्रोश पोखिन्। उनले जनताले भोगिरहेको यति गम्भीर समस्याको मुद्दा आफूहरूले सजिलै नछाड्ने अडान दोहोर्याइन्।
सभामुखले रास्वपा र राप्रपाका सांसदहरूलाई बोल्न दिएर सदनको कारबाही अगाडि बढाउने प्रयास गर्दा सत्तापक्षकै सांसदहरूले होहल्ला गरेका थिए। यसअघि पनि यी दलले भिजिट भिसाको दुरुपयोग र त्यससँग जोडिएका अनियमितताबारे छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्।