Logo

७ असार,काठमाडौं ।  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोधको एक अनौठो शैली अपनाएको छ। सत्तापक्षका सांसदहरूले विधेयकका विविध पक्षमा आफ्नो मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिन थालेका छन्। तर, विपक्षी दलका सांसदको छलफलमा भाग लिने पालो आएपछि भने उनीहरू पुनः बैठकमा फर्किएका छन्।

यसअघि कहिले नीलो गलबन्दी लगाएर त कहिले वेल (सभामुखको आसनअगाडि) अगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले आज भने विरोधको नयाँ तरिका अपनाएको हो।

रास्वपाका प्रवक्ता मनीष झाले यस सम्बन्धमा प्रतिक्रिया दिँदै, “सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौं। हामी संसद् भवनमै छौं, प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौं।“ उनले प्रतिपक्षी दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा आफूहरू वेल अगाडि उभिएको पनि बताए।

रास्वपाको यो शैलीले संसदभित्रको राजनीतिक तिक्तता र विरोध प्रदर्शनको नयाँ आयामलाई उजागर गरेको छ।


सम्बन्धित समाचार