
१३ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालनमा ल्याएको छ।
शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरूले यो अभियानको शुभारम्भ गरेका हुन्।
किन सुरु गरियो अभियान
रास्वपाले पार्टी सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधु साँधेको आरोप लगाएको छ। सोही प्रतिशोधको विरुद्धमा जनमत जुटाउनका लागि यो हस्ताक्षर अभियान सुरु गरिएको हो। हाल सहकारी ठगी प्रकरण मा जेलमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राख्न आदेश दिएको थियो।
रास्वपाले शुक्रबारबाट काठमाडौंका १४ वटा स्थानमा ‘ऐक्यबद्धता डेक्स’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ। यो अभियानमार्फत पार्टीले लामिछानेको पक्षमा जनसमर्थन जुटाउने लक्ष्य राखेको छ।