
१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शुक्रबार साँझ ५ः३० बजे प्रकाशित गर्ने भएको छ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले पहिलो चरणको बैठक सकिएर अपराह्न ४ बजे बस्ने अर्को बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बताए। २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको यस एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए। लाखौं विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन्।