Logo

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको मेड्रिड आइपुगेका छन्।

अडोल्फो सुआरेज बाराहास अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शर्मिला नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, र स्पेनको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला प्रस्थान गर्ने कार्यक्रम छ। यो भ्रमणले नेपालको विकासका लागि आवश्यक वित्तीय स्रोत जुटाउन अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार