
१५ असार, काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ दुवै दलका सांसदहरू आ-आफ्नो स्थानमा उठेर विरोध प्रदर्शन गरेका हुन्। यसअघि सभामुख घिमिरेले संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई आग्रह गरेका थिए। तर, बैठक सुरु हुनासाथ भएको यो विरोधले संसदको आगामी कार्यसूची प्रभावित हुने सम्भावना बढेको छ।