
१६ असार,काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले हालै २ हजार १९६ जना विभिन्न पदका प्रहरी कर्मचारीहरूको बढुवा गरेको छ। य
समा सहायक हवल्दारदेखि वरिष्ठ सईसम्मका पदहरू समावेश छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बढुवा हुनेहरूको विवरण निम्नानुसार छः
सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) : ११ जना
सशस्त्र प्रहरी नायव निरीक्षक (सई): ३४ जना,लेखा उपसमूहतर्फ सईः ६ जना,सशस्त्र प्रहरी वरिष्ठ हवल्दारः ६०३ जना,सशस्त्र प्रहरी हवल्दारः ७५९ जना,सशस्त्र प्रहरी सहायक हवल्दारः ७८३ जना
बढुवा प्रक्रियाः
सशस्त्र प्रहरी बल मुख्यालयले जेठ १९ गते बढुवाका लागि सूचना जारी गरेको थियो। सोही सूचनाअनुसार सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनका लागि १० दिनभित्र फाराम भर्नुपर्ने म्याद तोकिएको थियो।
त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनका लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो।
फाराम बुझाएको करिब एक महिनाभित्रै मूल्यांकन प्रक्रिया पूरा गरी बढुवाको निर्णय गरिएको हो। बढुवा मूल्यांकन फारामका लागि, योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनका लागि आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपि संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्नुपर्ने प्रावधान थियो।
डीएसपी थापाले सशस्त्र प्रहरी बलमा रिक्त रहेका अन्य दर्जामा समेत बढुवा प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिएका छन्।