Logo

१६ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको भन्सार क्षेत्रमा सडक विस्तार सुरु गरेको छ । सडक विस्तार विरुद्ध परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरेपछि नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा मेनरोडमा डोजर चलाउन सुरु गरेको हो ।

नगरप्रमुख सिंहका अनुसार अदालतको आदेशपश्चात घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो। सूचना अवधि सकिएसँगै आजदेखि डोजरसहितको टोलीले भन्सार क्षेत्रदेखि सडक विस्तार कार्य अघि बढाएको छ । मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर २५ मिटर सडक विस्तार गर्ने महानगरले लक्ष्य लिएको नगर प्रमुख राजेशमान सिंहले बताए ।

यद्यपि सर्वोच्चले खारेज गरेको रिटपछिको फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । २७ औं पटकको पेशीमा वीरगञ्जको मुख्य सडक विस्तारको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो । रिट खारेज गरेसँगै सडक विस्तारका लागि कानूनी बाटो खुला भएपनि सडक विभाग भने त्यसपछि चुपचाप बसेको छ ।


सम्बन्धित समाचार