
१७ असार, काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हेरफेरलाई ‘गम्भीर षड्यन्त्र’ को संज्ञा दिएका छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिले नैतिकताको आधारमा आफ्नो ठाउँ छोड्नुपर्ने र कारबाही भोग्नुपर्ने बताएका छन्।
संसदको गरिमामाथि उपहास
सिंहदरबारमा पत्रकारहरूसँगको छलफलमा पूर्व कानुनमन्त्री समेत रहेका गिरीले संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित हुँदाको भन्दा फरक कुरा ऐनमा आएकोमा आश्चर्य व्यक्त गरे। ‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो, यो महिनौँसम्म लगाएर छलफल भएको विषय हो। यसका सन्दर्भमा चाहिँ भएका सहमतिहरू भनेको दुई वर्षका निम्ति कुलिङ पिरियड कायम राख्नुपर्छ भनेर सहमति पनि भयो र त्यही सहमतिका आधारमा समितिबाट निर्णय भएर हामी अगाडि बढेका हौँ’ उनले भने।
तर, अहिले कुलिङ पिरियड मुख्य सचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारले प्रतिवेदन बनेको र संसदबाट पारित भएको विषयलाई उनले गम्भीर षड्यन्त्रु भने, गिरीले यसलाई समितिमाथिको उपहास र सार्वभौम संसद तथा यसको समितिको गरिमालाई धुलिसात बनाउने कार्य को रूपमा टिप्पणी गरे।
कडा कारबाहीको माग र बैठक बहिष्कारको चेतावनी
यस्तो कार्य कहाँबाट भएको छ, जोबाट भएको छ, त्यो निर्मम कारबाहीको विषय बन्नुपर्छ,’गिरीले थपे, यसले सिंगो संसदको गरिमालाई चाहिँ बदनाम बनाउने काम भएको छ। यस्ता कुरा स्वीकार्य हुँदैनन्।’ उनले यस प्रकरणमा छानबिन भई कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने समेत चेतावनी दिएका छन्।