Logo

१० असार, काठमाडौं । संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको हेरफेर लाई लिएर जारी विवादमा नयाँ मोड आएको छ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूलाई विधेयक पढ्न नदिएको गुनासो गरेका छन्। बुधबारको समितिको बैठकमा पाण्डेले यो नियतवश गरिएको त्रुटि भएको आरोप लगाए। “सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरै पटक मागेको थिएँ। विश्वासघात भएको छ, पाण्डेले भने।

उनले कुलिङ पिरियडमा छलछाम भएकै हो’ भन्दै यसको छानबिन हुनुपर्ने र ‘कुलिङ पिरियड’ जसरी पनि लागु हुनुपर्नेमा जोड दिए। पाण्डेले नैतिकता व्यक्तिगत कुरा भएको र सभापति तथा सचिवले यस विषयमा आफैं नैतिकता देखाउनुपर्ने बताए। “छानबिन सभापतिदेखि सबैलाई गर्नुपर्छ। संसद्लाई हेपियो यो सही भएन, उनले थपे।


सम्बन्धित समाचार