Logo

१९ असार,काठमाडौं । झापाको बिर्तामोड– ७ फक्तालुङमा आज बिहान हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हात्तीको आक्रमणबाट ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो।

आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो। प्रहरीले जनाएअनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।


सम्बन्धित समाचार