Logo

१९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणालीको संज्ञा दिएका छन्।

आज काठमाडौँमा आयोजित समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

निजामती विधेयक र कुलिङ पिरियडमा टिप्पणी

अध्यक्ष दाहालले जनवादी क्रान्तिका क्रममा मार्क्सवादको प्रचार गर्दा संसदीय व्यवस्थालाई यही रूपमा व्याख्या गरिने गरेको स्मरण गरे। उनले अहिले निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी समितिको प्रतिवेदनमा भइरहेको छेडखानीलाई पनि यही प्रवृत्तिसँग दाँजे। ‘देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो’ रहेको उनको टिप्पणी थियो।

समाजवादतर्फको यात्रा र क्रान्तिको चरण

प्रचण्डले आफू सरकारमा रहँदा प्रत्येक पटक समाजवादतर्फ लैजाने प्रयास गरेको दाबी गरे। उनले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भइसकेको र अब नेपाली समाज समाजवादी क्रान्तिको चरणमा पुगेको बताए। समाजवादको जग बसाल्ने काम कम्युनिष्टहरूले नै सुरु गर्नुपर्नेमा उनले जोड दिए।


सम्बन्धित समाचार