Logo

१९ असार, काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले नेपाल मेडिकल एसोसिएसनका महासचिव डा। संजिव तिवारीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले उपभोक्ता हित संरक्षण मञ्चसमेत तीन निवेदकले दायर गरेको अवहेलना मुद्दामा यो आदेश जारी गरेको हो।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता ज्योति बाँनिया तथा अधिवक्ताहरू जयप्रसाद पौडेल, लक्ष्मी न्यौपाने, कुमारी खरेल, सुबिन पाण्डे र संकल्प बाँनियाले बहस गरेका थिए।

अदालतले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ ९२० बमोजिम डा। तिवारीलाई अवहेलनामा सजाय किन गर्नु नपर्ने हो भनी प्रश्न गरेको छ। आदेशमा उनलाई यो आदेश प्राप्त भएको मितिले सात दिनभित्र प्रमाणसहित लिखित जवाफ लिई स्वयं अदालतमा उपस्थित हुन भनिएको छ। साथै, निवेदनका साथ संलग्न पत्र तथा सोसँग सम्बन्धित निर्णय फाइल पनि साथै ल्याउन भनिएको छ।

डा. तिवारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा Endocrinology/Gastroenterology पदमा कार्यरत छन् भने नेपाल मेडिकल एसोसिएसनको महासचिव पदमा पनि आसिन छन्। उनले अदालतको म्याद प्राप्त गरेपछि वा अवधि नाघेपछि नियमानुसार पेस गरिनेछ।


सम्बन्धित समाचार