
२० असार, चितवन । चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा बिहीबार एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको हो। बेलुकी ९ बजेतिर स्थानीयराजकुमार माझीसँगै माछा मार्ने क्रममा अविशेकलाई गोहीले पानीमा तानेको थियो।
घटनापछि नदीमा बेपत्ता अविशेकको घटनास्थल भन्दा २०० मिटर पर राति १ः२० बजे शव भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
बुढी राप्ती नदी घडियाल गोही बढी भएको नदी हो।