Logo

२० असार,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज वीरगञ्ज महानगरपालिकाको वडा नं १६ रजत जयन्ती चौकदेखि बाईपास रोड हुँदै वैष्णवी मन्दिर चौकसम्म बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपूर चितवन, र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर वीरगञ्ज पर्साको संयुक्त आयोजनामा बिहान ७ः४५ बजे सुरु भएको कार्यक्रम करिब ९ः३० बजे सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंहज्यू र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। यस अवसरमा नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रति निधिहरू, सुरक्षा निकायका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरू र ग्रीन सिटी सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न किसिमका कूल ४०० (चार सय) बिरुवा रोपिएका थिए। यस वृक्षारोपणले वीरगञ्जको हरियाली प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार