Logo

२० असार,चितवन । चितवनको बुढीराप्ती नदीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ। बिहीबार राति रत्ननगर नगरपालिका–८ चित्रसारीका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार माझी बिहीबार राति एक जना साथीका साथ माछा मार्न बुढीराप्ती नदीमा गएका थिए। सोही क्रममा उनीमाथि गोहीले आक्रमण गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार