
२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। शुक्रबार बसेको नाउपा संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अनलाइनखबरलाई जानकारी दिँदै सरकारबाट फिर्ता हुने निर्णयबारेको पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइने बताएका छन्।
मुख्यमन्त्री शाहले बिहीबार नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यससँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।