Logo

२० असार, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा संघीय निजामती विधेयकमा भएको ुकुलिङ पिरियडु सम्बन्धी घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न सांसदहरूले जोडदार माग गरेका छन् ।
सभाको शून्य समयमा बोल्दै सांसदहरूले प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पेस भएको विधेयकमाथि यस्तो धारणा राखेका हुन् ।

सांसदहरूको आवाजःकुलिङ पिरियडमा बेइमानी

सांसद मंगाकुमारी बेल्वासे ले ‘कुलिङ पिरियडु विषयमा प्रतिनिधिसभामा भएको घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । त्यस्तै, सांसद गोपीबहादुर सार्की अछामी ले संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’को विषयमा बेइमानी भएको भन्दै कारबाहीको माग गरे । सांसद मृगेन्द्रसिंह यादव ले पनि निजामती विधेयकमा छलछाम गरेर प्रतिवेदन ल्याउनेलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताए । सांसद डा.बेदुराम भुसालले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन हालसम्म पनि बाँडिएको छैन र किन नबाँडिएको हो भन्नेबारे आशंका व्यक्त गरे ।

प्राकृतिक विपत्ति र पूर्वाधारमा सरकारको ध्यानाकर्षण

शून्य समयमै अन्य सांसदहरूले प्राकृतिक विपत्ति र पूर्वाधारका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा ले मनसुनको समय सुरु भइसकेकाले मौसमविद् र विज्ञको चेतावनीअनुसार सम्भावित जोखिमबाट बच्नका लागि पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद तारामान स्वाँर ले पश्चिम क्षेत्रमा महाभूकम्पको जोखिम रहेकाले आवश्यक पूर्वतयारी गर्न सरकारसँग आग्रह गरे ।

सांसद मायाप्रसाद शर्मा ले २०८० कात्तिक १७ गते गएको भूकम्पको घाउ नमेटिएकै अवस्थामा मनसुनका कारण भूकम्पपीडितलाई कतिपय स्थानमा समस्या भएकाप्रति सरकारको ध्यानाकर्षण गराए । अर्की सांसद सुमित्रा बिसी ले सुर्खेत–जुम्ला सडक वर्षात्का कारण बिहीबारको पहिरोका कारण अवरुद्ध भएकाले तत्काल निर्माण गर्न सरकारसँग माग गरिन् ।


सम्बन्धित समाचार