Logo

२० असार, काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। यस विधेयकलाई राष्ट्रिय सभाले कुनै पनि संशोधनबिना मूल रूपमै पारित गरेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले स्वीकृत भएको हो।

यस विधेयकको पारितसँगै सरकारलाई राष्ट्रिय ऋण उठाउने बाटो खुलेको छ, जसले आगामी आर्थिक वर्षका लागि आवश्यक स्रोत जुटाउन सहयोग पुग्नेछ।


सम्बन्धित समाचार