Logo

२० असार,वीरगञ्ज । महिला संचारकर्मीहरुको लागि ३ दिने क्षमता अभिवृद्वि कार्यक्रम आज सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाले वीरगंजको होटल हिमालमा कार्यक्रमको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले कसैको पछि लाग्ने पत्रकार हुनुभन्दा निर्भिक भएर तटस्थ भएर पत्रकारिता गर्न सुझाव दिए । यसैगरि प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले पत्रकार महिलाहरुलाई दिईने तालिमले महिलाहरुको क्षमता वृद्वि हुने र पत्रकारिता क्षेत्रमा सूचनामुलक समाचार लेख्न, बोल्न, प्रकाशन गर्न मद्दत पुग्ने बताए ।

नेपाल पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष युवराज खड्काले पत्रकारिता गर्ने क्रममा चुनौतीहरुको सामना गर्नुपरे पनि ती चुनौतिहरुलाई पन्छयाउदै अघि बढ्न सकेमात्र सिकेको सीपको सहि सदुपयोग हुने बताए । संचारकर्मी आन्नद पटेलले दिनुभएको तालिममा १५ जना महिला संचारकर्मीहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष पुजा गोंडको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।


सम्बन्धित समाचार