Logo

२२ असार, भोजपुर । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौँचाका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा यो नृशंस घटना घटाएका हुन्।

प्रहरीका अनुसार, राईले आफ्नी १५ वर्षीया श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका छन्।

प्रारम्भिक अनुसन्धानमा मनीषालाई घर लैजाने विषयमा विवाद हुँदा यो घटना भएको खुलेको छ। राजेन्द्रले प्रहरीलाई दिएको सुरुवाती बयानमा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर श्रीमतीसहित सबैको हत्या गरेको बताएका छन्।

यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ।


सम्बन्धित समाचार