Logo

२२ असार, वीरगञ्ज । मधेश प्रदेश सभा बैठक आइतबार बस्ने भएकोे छ। मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको हो।

बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा पनि नचलेर अनिश्चितकालका लागि स्थगित भएको थियो।

नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका सुनिल कुमार यादवले बजेटमा मनोमानी गरेको भन्दै मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी ने असन्तुष्ट बनेको छ । प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरु पनि असन्तुष्ट छन् । बजेटमा सत्ताधारी दलहरु नै असन्तुष्ट हुनुले बजेटमा संसोधन गर्नुपर्ने दबाव देखिएको छ ।


सम्बन्धित समाचार