
२२ असार, काठमाडौं । नेपालको राजनीतिक वृत्तमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीभित्रको आन्तरिक विवादले चर्चा पाइरहेको छ।
आज बिहान ११ बजे पार्टीको केन्द्रीय सचिवालय बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। यसअघि बिहीबार बसेर छोटो समयमै स्थगित भएको बैठकले यसपटक भने महत्वपूर्ण विषयमा छलफल गर्ने भएको छ।
रामकुमारी झाँक्रीको स्पष्टीकरणमाथि छलफल हुने
आजको बैठकको मुख्य एजेन्डा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणको जवाफ माथि छलफल गर्ने रहेको छ। गत शनिबार युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा झाँक्रीले पार्टी पुनर्गठनको एजेन्डा उठाएकी थिइन्। उनले पार्टी अध्यक्षमाथि नै संकट आएकाले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने तर्क गरेकी थिइन्। त्यस क्रममा उनले ुसिनो बोकेर हिँड्नु नसकिने विवादास्पद भनाइ पनि राखेकी थिइन्।
उनको यो भनाइपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो। तर, झाँक्रीले आफूलाई औपचारिक पत्र नपठाई सञ्चार माध्यमबाट स्पष्टीकरण सोधिएको भन्दै आपत्ति जनाउँदै सचिवालय बैठकमै गएर जवाफ पत्र बुझाएकी थिइन्। अब आजको बैठकमा उनको सोही जवाफमाथि गम्भीर छलफल हुनेछ।
यो बैठकले एकीकृत समाजवादीभित्रको आन्तरिक किचलोलाई कुन दिशा दिन्छ, त्यो हेर्न बाँकी नै छ।