Logo

२२ असार, काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ ले वर्तमान सत्ता गठबन्धन तोड्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेतृत्व गरिरहेको गम्भीर आरोप लगाएका छन्।

आज जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले अहिलेको सत्ता गठबन्धन मन नपराउने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय रहेको र त्यसको नेतृत्व प्रचण्डले गरिरहेको दाबी गरे। उनले यस कार्यमा स्वतन्त्र सांसदहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत प्रचण्डलाई सहयोग गरिरहेको बताए।

महासेठले सत्ता गठबन्धनभित्रैका केही सांसदहरू पनि यो गठबन्धनको निरन्तरता नचाहने गरेको आरोप लगाए। यद्यपि, उनले अहिलेको अवस्थामा पनि वर्तमान गठबन्धन सरकार प्रतिकूल अवस्थामा नपुगेको स्पष्ट पारे।

एमाले सचिव महासेठले देशमा अहिलेको गठबन्धनको विकल्प नरहेको समेत दाबी गरे। उनको यो भनाइले सत्ता गठबन्धनभित्रै आन्तरिक किचलो र अविश्वासको वातावरण बढ्दै गएको संकेत गर्छ।

 


सम्बन्धित समाचार