Logo

२२ असार, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो कार्यसम्पादनमा उल्लेख्य सुधार गर्दै आठ वर्षभन्दा पुराना सबै मुद्दाहरूलाई शून्यमा झारेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुमा ३०९ वटा ८ वर्ष पुराना मुद्दा रहेकोमा ती सबै फर्छ्यौट गरिएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल ले यस उपलब्धिको पुष्टि गर्दै दुईवटा मुद्दाको भने सुनुवाइ सकिएर असार २४ गते निर्णय सुनाउने मिति तोकिएको बताए। अब सर्वोच्च अदालतमा सात वर्ष पुराना १८२ वटा मुद्दा र छ वर्ष पुराना ४३४ वटा मुद्दा बाँकी छन्। प्रवक्ता कुइँकेलका अनुसार, आगामी आर्थिक वर्षमा सात वर्ष पुराना मुद्दाहरूलाई पनि शून्यमा झार्ने लक्ष्य राखिएको छ।

यो उपलब्धि सर्वोच्च अदालतले २०७९ असारमा पारित गरेको कार्ययोजनाको एक हिस्सा हो। उक्त कार्ययोजनाअनुसार २०८३ सालसम्ममा पाँच वर्ष पुराना मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य राखिएको थियो।


सम्बन्धित समाचार