
२२ असार,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका अरूण चौधरीले आज (आइतबार) राजीनामा दिने भएका छन्।
नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको जानकारी दिइन्। “हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,“ उनले भनिन्, “त्यसकारण आज पर्यटन राज्यमन्त्रीज्यूले ५ बजे प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा बुझाउनुहुन्छ।“
गत शनिबार बसेको नाउपाको संसदीय दलको बैठकले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको थियो। संघीय सरकारमा अहिले सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा कार्यरत छन्।