Logo

२३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणसम्बन्धी जानकारी दिने भएका छन्।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणका अनुभव र उपलब्धिबारे संसदलाई जानकारी गराउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।

सप्ताहव्यापी भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षी, संयुक्त राष्ट्रसंघका महासचिवलगायतका उच्च dignitaries हरूसँग भेटवार्ता गरेका थिए।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ।


सम्बन्धित समाचार