Logo

२४ असार, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन्। रसुवामा बाढीले मितेरी पुल, टिमुरे भन्सार र विभिन्न जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले आफ्ना अन्य कार्यक्रमहरू रद्द गरी यो आकस्मिक बैठक बोलाएका हुन्।

बैठकमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति, बाढीबाट भएको क्षतिको आकलन, उद्धार तथा राहत कार्य, र पुनर्निर्माणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार