२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको छ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार आज दिउँसो ४ बजे बस्ने बैठकमा समसामयिक परिस्थितिका साथै बाढी–पहिरोले पुर्याएको क्षति र सरकारको कामकारबाहीबारे छलफल हुनेछ। यसका साथै, बैठकमा पार्टी सङ्गठनका विषयमा पनि छलफल गर्ने तयारी रहेको सापकोटाले जानकारी दिए।

















